कहाँ देखुँ म … [गीत]

तिमीजस्तो मान्छेलाई कहाँ देखुँ म
तिम्रै जस्तो मायालाई कहाँ भेटुँ म
खोजी गर्दै हिंडेको मान्छे म
तिम्ले मात्रै चिनेको मान्छे म

डर लाग्छ फेरि कतै
जोखिने हो कि माया
भर छैन फेरि कतै
पोखिने हो कि माया

आउँछन् धेरै मोडहरु
जिन्दगीको बाटोमा
देख्छु सबै तिमीजस्तै
हुन्छु किन यस्तो म

________________________________

-मनोज के.सी.”समय”
रचनाकाल: २०७१/०४/१७
©Copyright protected by Samaya समय, 2014.

Advertisements

भेटिन्छ कि मन मिल्ने साथी … (गीत)

उडेरजान्छ मन,बादलुको घेरो भन्दा माथि
सम्हाल्नखोज्छु झन्, भेटिन्छ कि मन मिल्ने साथी

उचालिन्छुमाथि माथि, म छु यहीं धर्ती माथि
कसैलाईनि चालै छैन, खोज्दैछु म मनको साथी

बुझ्छजसले मेरो खुशी, उसकै लागि माया मेरो
सपनीमाआउँछ राती, प्रकाश उसकै छायाँ मेरो
___________________________________
रचना: मनोज के.सी.”समय”
रचनाकाल: २०७१/०४/०८
©Copyright protected by Samaya समय, 2014.

जुनी-जुनी भरिलाई … [गीत]

जिन्दगी यो साँचेको छु मैले तिमीलाई
जिन्दगीमा रोजेको छु मैले तिमीलाई

खुशीले भरिन्छ मन,
हर्ष नै वर्षिन्छ झन्
पाउँदा तिमीलाई,
मैले तिमीलाई

मेरो माया तिमीलाई,
जुनी-जुनी भरिलाई

पलभरको हैन, साथ म दिन्छु
बाँचुञ्जेली सम्मलाई
चाहेको छैन, नराम्रो केही
साथ रहे सम्मलाई

आज त यहाँ भोलि कहाँ,
जुनीभरिलाई

मेरो माया तिमीलाई,
जुनी-जुनी भरिलाई

हो, धेरै भो पुराना कुरा,
नयाँ कुरा गर्दैछु पुरा

आज त यहाँ भोलि कहाँ,
जुनीभरिलाई

मेरो माया तिमीलाई,
जुनी-जुनी भरिलाई

रचना: मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/२०
©Copyright protected by Samaya समय, 2014.

घडि हेर्छु …(गीत)

हुन सक्छ केही यस्तो राम्रो
हाम्रो जिन्दगीको कथा
बन्न सक्छ केही यस्तो राम्रो
हाम्रो मन मिलेमा

घडि हेर्छु, घुमिरहन्छ सधैं-सधैं नै
ऐना हेर्छु, बोल्न खोज्छु आफैं-आफैं नै

बहकिन खोज्छ मन
चिसो चिसो हावामा
अल्मलिन खोज्छ झन्
तिम्रै मात्र छायाँमा

घडि हेर्छु, घुमिरहन्छ सधैं-सधैं नै
ऐना हेर्छु, बोल्न खोज्छु आफैं-आफैं नै

छुन खोज्छु तिमीलाई मैले
किन तिमी गाह्रो मान्छौ
बोल्न खोज्छु तिमीसगैं मैले
किन तिमी साह्रो मान्छौ

घडि हेर्छु, घुमिरहन्छ सधैं-सधैं नै
ऐना हेर्छु, बोल्न खोज्छु आफैं-आफैं नै

-मनोज के.सी.”समय”
रचनाकाल: २०७१-०३-२५
©Copyright protected by Samaya समय, 2014.

My Love Forever … [गीत]

केटा: मुटुभित्र बास मागें, बास मैले पाएकै छु
न्यानो-न्यानो स्पर्शसगैं कसम मैले खाएकै छु
केटी: सोचे जस्तो, रोजे जस्तो साथ मैले पाएकै छु
जुनी-जुनी नछुट्टिने चोखो प्रीत लाएकै छु

दुवै: गर्नेछु पुरा तिम्रा चाहना
पोख्नेछु मनका सबै भावना

केटा: तिमीले नि मैले जस्तै मीठो साथ सोच न
मन मुटु माया सबै एकै साथ रोज न
केटी: मेरो मनको सबै कुरा तिमीलाई नै थाहा छ
बुझ्न सक्छौ मेरो मनको भाषा तिमी बुझ न

केटा: रहँदैन खोट कुनै, हुने छैन दोष कुनै, मन मुटु मिलेमा
असजिलो नमानेर बढौं अघि सँगसँगै तिमी र म साथमा
केटी: रहँदैन खोट कुनै, हुने छैन दोष कुनै, मन मुटु मिलेमा
असजिलो नमानेर बढौं अघि सँगसँगै तिमी र म साथमा

केटा: साथ हाम्रो खुशीको, अब अघि बढ्दैछ
मनभित्र दुवैको, नशा जस्तै चढ्दैछ
केटी: साथ हाम्रो खुशीको, अब अघि बढ्दैछ
मनभित्र दुवैको, नशा जस्तै चढ्दैछ

– मनोज के.सी.”समय”
[सहलेखन: नकुल कार्की]
रचनाकाल: २०७१/०३/१४
©Copyright protected by Samaya समय, 2014.

एउटै विश्वास, हाम्रो नेपाल …(गीत)

भन्छ कसले तेरो-मेरो
एउटै साझा सेरोफेरो
शान्तिका दूत गौतम बुद्ध
भन्छन् सबलाई सोच्न शुद्ध
तिम्रो, मेरो, हामी सबको
एउटै विश्वास, हाम्रो नेपाल

हिमालदेखि तराईसम्म
मेचीदेखि कालीसम्म
बुझ्नुपर्छ एउटै धर्म
शुद्ध मन, वचन र कर्म

संसारलाई जित्ने गाथा
नबनोस् है सस्तो कथा
देश रुँदा सबै रुने
हुनुपर्छ हाम्रो व्यथा

हाँस्न खोज्ने ओठलाई
भर्नुपर्छ मुस्कानले
आँसु बग्ने आँखालाई
पुछ्नुपर्छ विश्वासले

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/११
©Copyright protected by Samaya समय, 2014.

छैन क्यै चिन्ता …(गीत)

छ कति रमाईलो आज
साथी र संगीको माझ
नाच्दै र गाउँदै यो साथ
मिलाउँदै हातमा हात
मन रम्दैछ
साथ जम्दैछ
छैन क्यै चिन्ता आज

यो तिमीलाई के भयो फेरि
किन यस्तो तर्किन खोज्छौ
बोलाउँदा मैले तिमीलाई
किन यस्तो झर्किन खोज्छौ
मेरो मनलाई बुझन
राम्रा कुरा सोचन

रिसाएर जानुहुन्न
नजिकिंदा
छैन क्यै चिन्ता आज

जसोतसो बसेको माया
बन्नुहुन्न घाम र छायाँ
एक भई मिलेरे वढौं
सोच्नुहुन्न दायाँ र बायाँ

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/१७
©Copyright protected by Samaya समय, 2014.