मन लाग्यो ….

मन लाग्यो तिमीलाई मुटुभित्र राखौँ
मन लाग्यो तिमीसङ्गै सैयौँ जुनी बाँचौँ
भन, के मञ्जुर छ?

तिमीलाई फूल बनाई मुटुमा सजाउँछु
तिम्रै सुगन्धलाई स्वास बनाई यो ढुकढुकी चलाउँछु

फूल बनी बस तिमी मेरो मुटुभित्र
जता पुगुँ तिमी हुन्छ्यौ सधैँ नै मसित

साथ सधैँ अमर हुन्छ तिम्रो र मेरो
हाँसी-खुशी बस तिमी जीवनमा मेरो

-समय
रचनाकाल:२०६३/०६/०२

©Copyright protected by Samaya समय, 2010.

मायालु मायालु मायालु

तिमीलाई आँखामा सजाएकी छु
जता पुगे नि तिमीमै हुन्छु
मायालु मायालु मायालु

मायाको गहिराईमा डुबुँ कि आज
तिम्रै अङ्गालोभित्र लुकुँ कि आज
साथ दिने तिमी नै त छौ नि मेरो जीवनमा
मायालु मायालु मायालु

तिमीलाई मनमा लुकाएकी छु
तिम्रै भावनाभित्र म हुन्छु
मायालु मायालु मायालु

सोचे भन्दा धेरै नै खुशी छु आज
यसैगरी साँचिदेऊ यो खुशी अब
सधैंभरी खुशी छाइरहोस् हाम्रो जीवनमा
मायालु मायालु मायालु

तिमीलाई जीवनमा पाएकी छु
यो जूनीभरी तिम्रै नै हुन्छु
मायालु मायालु मायालु

-समय
रचनाकाल:२०६६/०९/२१

©Copyright protected by Samaya समय, 2010.

यो मन, त्यही मन हो …

यो मन, त्यही मन हो
जहाँ मायालुको आश हुन्छ, जहाँ मायालुको बास हुन्छ
चाहे दिन होस या रातमा, चाहे बिहान होस या सम्साँझमा

बुझ्नेलाई बुझ्न देऊ, सुन्नेलाई सुन्न देऊ
भन्नेलाई भन्न देऊ, देख्नेलाई देख्न देऊ
संसार यस्तै छ

हावाको चिसो प्रवाहसगैं बहने, मायाको अनौठो संसारमा हराउने
मेरो आफ्नो मनको कोसेली, राख तिम्रै हातमा

-समय
रचनाकाल:२०६३/०३/३०

©Copyright protected by Samaya समय, 2010.

तिमीलाई माया गर्दा भयो मलाई कस्तो कस्तो

आँखाभित्रै भए पनि छैनौ किन मेरो जस्तो
तिमीलाई माया गर्दा भयो मलाई कस्तो कस्तो

भेटिनु र छुट्टिनु त जीवनको खेल भन्थ्यौ
तिम्रो बोली सत्य रै’छ लाग्यो मलाई आज यस्तो
बाचा कसम जीवनको अजम्बरी भन्ने गर्थ्यौ
तिमीले नै बिर्सिएछौ भयो मेरो माया सस्तो

धेरै धेरै सम्झनाका कथाहरू बुन्दा बुन्दै
बिचैबाट धागो काट्यौ कथाको त भावै छुट्यो
हत्केलामा तिम्रो मुहार सजाएर गीत सुन्दै
एकान्तमा बसी सम्झेँ आजै मेरो माया टुट्यो

-समय
रचनाकाल:२०६२/०९/२५

©Copyright protected by Samaya समय, 2010.

शब्द:निशब्द

खै किन हो किन!
त्यहाँ केही नभएको भान हुन्छ,
खै किन हो किन!
न कुनै व्यक्ति छ त्यहाँ, निरन्तर बोलिरहने!
न कुनै आवाज छ त्यहाँ निरन्तर गुञ्जिरहने!
किन त्यसो भएछ त्यहाँ?
खै किन हो किन!
म त्यसै मौन छु, त्यसको सोचमा आज!
केही बोल्ने हिम्मत छैन कसैलाई, त्यो ठाउँमा आज!
खै किन हो किन!
त्यसैले मलाई भन्न मन लागिरहेछ आज,
त्यो शब्द:निशब्द!

-समय
रचनाकाल: २०५९/०२/०१

©Copyright protected by Samaya समय, 2010.

यो मनले उनलाई चिन्न सकेको छैन

देखेजस्तै लाग्छ, तर देखेको छैन
भेटेजस्तै लाग्छ, तर भेटेको छैन
यो मनले उनलाई चिन्न सकेको छैन

उनी छिन कता, कती टाढा होला
तर मायाको सम्बन्धले दूरी बढेको छैन
यो मनले उनलाई चिन्न सकेको छैन

हरपल हरक्षण उनकै सम्झना
कल्पना पनि उनिभन्दा पर छैन
यो मनले उनलाई चिन्न सकेको छैन

कस्ती देखिन्छिन होला, देख्न पाएको छैन
उनले जती माया शायद अरुले दिएको छैन
यो मनले उनलाई चिन्न सकेको छैन

रचनाकाल:२०६५/०६/१७
-समय

©Copyright protected by Samaya समय, 2010.

यसैगरी चलिरहोस् हाम्रो जिन्दगानी

तिम्रो लागि मायाको चिनो
मेरो प्रेमको एउटा निशानी
यसैगरी चलिरहोस् हाम्रो जिन्दगानी

संसारमा धेरै नै भीड् छ मान्छेहरूको
पाइन्न खोजेर साथी तिमी जस्तो
भन्नै सकिन्न लाग्छ तिम्रो माया कति
तिम्रो मनले पनि खोज्छ शायद माया मेरै जस्तो

यात्रा गर्ने रहर अनेक छन् भर पर्छु तिम्रो
चोखो माया भेटिन्न खोजे पनि यस्तो
हुन्न कोही माया साट्ने यहाँ हामीजस्तो
सहयात्रा गर्ने सौभाग्य मिलेको छ साथमा तिम्रो

-समय
रचनाकाल:२०६६/०८/१८

©Copyright protected by Samaya समय, 2010.