प्रिय!

प्रिय!
सुन, तिम्रै लागि केही सिर्जना हुँदैछन् यहाँ
तिम्रै खुशीका लागि फूल फुल्दैछन् बागमा
तिमी आउनेछौ अनी पवित्र बन्नेछ
फूलैफूलले भरिएको यो सुन्दर बाग

बाटो फेरी तिम्रै स्वागत गर्न तयार छ
फलहरू तिम्रै प्रतीक्षा गरिरहेका छन्
मेरो आँगनका दुबोहरू पनि
तिम्रै पाउको स्पर्श पाउन आतूर छन्

प्रिय!!
सुनिरहेकी छौ है,
मेरो दैलोमा सुर्यको प्रकाश
त्यसै अल्मलीइरहेको छ
तिम्रो छायाँको खोजी गर्दैछ शायद
दैलो पनि तिम्रै प्रवेशको प्रतिक्षामा छ

मेरो सारा घरका कुनाकाप्चा
तिम्रै खोजी गरिरहेका छन्
निकै माया गर्थ्यौ शायद
म बाट निकै रुखिएका छन्

प्रिय!!!
अब त बुझ,
मेरो माया नभए पनि
मेरो वारीपरिको बातावरणले
तिमीलाई डाकिरहेका छन्
आऊ है अब मेरो सामु

अब त आउँछ्यौ नि हैन
माया त विश्वासले पो हुन्छ
घुर्किले त भएको माया पनि
धेरै पर भएजस्तो हुन्छ

प्रिय!!!!
आऊ है,
किन ढाँट्ने तिमीलाई
मलाई प्राण चहिएको छ मेरो
मेरो प्राण जोगाउने तिमी नै हौ
त्यसैले, आउ है तिमी

सिङ्गो घरसङ्गै
म पनि तिम्रै प्रतिक्षामा बसिरहेको छु
हाम्रो माया जोगाउनको लागि
म एक्लो भएँ तिम्रो अभावमा

रचनाकाल: २०६३/०८/२०
-समय

©Copyright protected by Samaya समय, 2010.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s