पल ….

चिसो साँझ
एक पल
म आफ्नो कोठामा
गीतार मेरो हातमा
मन लाग्यो केही धून बजाउन
जती खेलाए पनि बोल्छ एउटै धून
मायाको धून
केही अङ्ग्रेजी, केही हिन्दी, केही नेपाली
तर संगीतले भाषा भन्दैन
जे होस्
मेरो गीतार
दिनभरिको थकान मेटाउने मेरो साथी
लाग्छ ऊ मेरो साथीमात्र होइन
मेरो प्राण हो, मेरो सर्वस्व हो
उस्को वर्ण कालो छ
तर संगीतको धून सफा छ
त्यसैले त उसले मलाई
अनी मैले उसलाई
दुवैले दुवैलाई
बराबर माया गर्छौँ
मेरो मनको धून उसले दिन्छ
उसको धून मेरो मनले स्वीकार्छ
बस, अरू केही छैन
जे छ उही छ
जब म रेडियोमा हुन्छु
तब ऊ मलाई सुन्दो हो
जब ऊ मेरो साथमा हुन्छ
तब त अवश्य पनि
म नै उसको श्रोता छु
श्रोता मात्र होइन उसको साथी पनि
जे होस् उसको र मेरो सम्बन्ध
उसको तारको र मेरो औँलाको सम्बन्ध
मनको सम्बन्ध
मायाको सम्बन्ध
धूनको सम्बन्ध
सम्बन्धका कुरा
उसको सम्बन्ध
मेरो सम्बन्ध
मन छुने संगीतका धूनको सम्बन्ध
सुमधूर पलको सम्बन्ध
त्यही सम्बन्ध
हरेक पल
विशेष साँझ
अनी सम्झन्छु
म छु
मेरी मायालु, गीतारको माझ

रचनाकाल: २०६२/०८/२३
-समय

©Copyright protected by Samaya समय, 2010.

Advertisements

2 thoughts on “पल ….

  1. yeti dherai long nalekhau saathi yo busy life ma short and sweet lekhnu paryo.when you read further you will forget the theme of beginning so short and sweet lekhnu paryo poem is nice but lamo bhayera ali ramro bhayena

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s