यो मनले उनलाई चिन्न सकेको छैन

देखेजस्तै लाग्छ, तर देखेको छैन
भेटेजस्तै लाग्छ, तर भेटेको छैन
यो मनले उनलाई चिन्न सकेको छैन

उनी छिन कता, कती टाढा होला
तर मायाको सम्बन्धले दूरी बढेको छैन
यो मनले उनलाई चिन्न सकेको छैन

हरपल हरक्षण उनकै सम्झना
कल्पना पनि उनिभन्दा पर छैन
यो मनले उनलाई चिन्न सकेको छैन

कस्ती देखिन्छिन होला, देख्न पाएको छैन
उनले जती माया शायद अरुले दिएको छैन
यो मनले उनलाई चिन्न सकेको छैन

रचनाकाल:२०६५/०६/१७
-समय

©Copyright protected by Samaya समय, 2010.

3 thoughts on “यो मनले उनलाई चिन्न सकेको छैन

  1. dai yo geet ta ekdam jibroma jhundine khalko jasto lagyo j hos yo geetle testai prakarko sangeet payo bhane pakkai chalcha jasto lagcha Dawa Gurung

Leave a comment