दोधारमै परेँ म आज तिम्रो मायामा

केही भनुँ भने पनि रिसाउने पो हो कि
केही नभनुँ भने पनि रिसाउने पो हो कि
दोधारमै परेँ म आज तिम्रो मायामा

एक दुई वचन मीठो बोले के नै जान्थ्यो र
त्यो मनलाई च्वाट्टै टिपी कसले नै लान्थ्यो र
एकोहोरो माया पनि कति मीठो हुँदोरै’छ
नत्र किन यो मनले तिमीलाई आफ्नो ठान्थ्यो र

तिमीले पनि मेरो जस्तै मन पाले त हुन्थ्यो नि
यो मनको ढुकढुकी त्यो मनले नि सुन्थ्यो नि
बल्ल जानेँ ला’को माया लुकाउनु हुन्न रै’छ
नत्र किन आज मलाई तिम्रो यादले तान्थ्यो र

-समय
रचनाकाल:२०६६/११/२१

©Copyright protected by Samaya समय, 2010.

Advertisements

One thought on “दोधारमै परेँ म आज तिम्रो मायामा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s