स्वप्नपरी

स्वप्नपरी
तिमी हौ मेरो, स्वप्नपरी

तिम्रो पनि कथा उस्तै
मेरो पनि कथा उस्तै
नभेटे नि किन लाग्छ
हामी दुईको व्यथा उस्तै

तिमी छौ कहाँ
तिम्रै भरोसा

एक्लै बस्न मन मान्दैन
तिमी बिना केही लाग्दैन
जादु तिम्रो कस्तो अनौठो
तिम्रो मोह किन भाग्दैन

यो के हुँदैछ
के नशाले छुँदैछ

-समय
रचनाकाल:२०६७/०१/०१

©Copyright protected by Samaya समय, 2010.

तिमीले त मलाई भुली गयौ

तिमीले त मलाई भुली गयौ
मैले त माया मार्नै सकिन
अब त बाटो पनि किन होला शून्य झैँ लाग्छ
कसैले बोलाएझैँ झझल्कोले किन सताउँछ

तिम्रो माया मनमै अल्झिरह्यो
मनको व्यथा त्यसै बल्झिरह्यो
अब त माया भन्ने शब्द पनि भ्रम झैँ लाग्छ
कसैको खुशी देख्दा यो आँखाले आँशु बगाउँछ

खुशीको खोजीमा त पीडा पो भेटियो
तिम्रो खुशीको लागि आफ्नै मुटु रेटियो

तिम्रो खुशी अब तिमीसँगै
मेरो मन अब आफुसँगै
अब त कसैलाई विश्वास गर्नु भूलझैँ लाग्छ
एक्लै यो बेहोशीमा बर्बराउनु आफ्नोपन लाग्छ

तिम्रो जस्तो माया दिने कहाँ
खुशी माग्दा पीडा मिल्छ जहाँ

-समय
रचनाकाल: २०६६/१२/२६

©Copyright protected by Samaya समय, 2010.

©Copyright protected by Samaya समय, 2010.