बितेका ती कुरा सम्झिन थालेछु

बितेका ती कुरा सम्झिन थालेछु
छाडेर जानेलाई मनभित्र पालेछु
आशा हराउने कस्तो मोड आयो
मनै डराउने कालो बादल छायो
चाहना राखेर भएन त्यो पुरा
बिर्सनै सक्दिन अतीतका ती कुरा
बिर्सिने कसरी … …

यो मन दुखेको दुख्यै छ
आँसुको धारामा रुझेको रुझ्यै छ
कसैको खोजीमा आफैँलाई भूलेर
एक्लो यो यात्रामा डुलेको डुल्यै छ

फर्किन चाहन्छु बितेका ती दिनमा
झझल्को पुरानो बल्झिन्छ छिन छिनमा
मनको कुनामा कसैलाई राखेर
सम्झना कसैको अल्झिन्छ छिन छिनमा

-समय
रचनाकाल:२०६७/०२/१४

©Copyright protected by Samaya समय, 2010.

Advertisements

मन परेको मान्छेको दर्शनै पाउन गाह्रो

आजकल पनि हुन थाल्यो यो के साह्रो
मन परेको मान्छेको दर्शनै पाउन गाह्रो

बानी पनि राम्रै हो व्यबहार पनि राम्रो
माया लाउने काम हुन थाल्यो धेरै चाम्रो

कुन साइत हेरेर लाइएछ आफूले माया
किन हो मायाको त हराउन थाले छायाँ

यस्तै छ जिन्दगी प्रतिक्षा मैले गर्नुपर्छ
प्रतिक्षा गर्न नसक्नेले अकालमै मर्नुपर्छ

-समय
रचनाकाल:२०६७/०२/१३

©Copyright protected by Samaya समय, 2010.

बितेका ती कुरा सम्झिन थालेछु

बितेका ती कुरा सम्झिन थालेछु
छाडेर जानेलाई मनभित्र पालेछु
आशा हराउने कस्तो मोड आयो
मनै डराउने कालो बादल छायो

आफ्ना मनका सबै कुरा
कसैका लागि साँचिराखेँ
आधा उमेर त्यसै बित्यो
प्रतीक्षामै बाँचिराखेँ

चाहना मेरा सबै
यहाँ त्यसै मरिसके
आफन्त भन्नेले त
बसाइँ पो सरिसके

-समय
रचनाकाल:२०६७/०२/०६
©Copyright protected by Samaya समय, 2010.

थाकिसके मेरा आँखा …

थाकिसके मेरा आँखा तिम्रै बाटो कुर्दा कुर्दै
तिमी गयौ धेरै टाढा भेट्ने साइत जुर्दा जुर्दै

फेरिएछन् बाटोहरू हाम्रो साथ फिक्का हुँदा
बजार तिम्रो आफ्नै भयो मैले खोटो सिक्का हुँदा

सपनीमै बर्बराउँछु, झझल्कोले सताउँछ
बुझ्ने कुनै मेसो छैन, किन तिम्रो याद आउँछ

-समय
रचनाकाल:२०६७/०१/२७
Copyright Protected By:Samaya समय, 2010.