बाचा गर्नुमा के बाधा हुन्थ्यो र

बाचा गर्नुमा के बाधा हुन्थ्यो र
हाम्रो यो माया के आधा हुन्थ्यो र
गाह्रो भयो एउटै बाटो हिंड्नलाई
साह्रो भयो उनको माया बुझ्नलाई
सँगै हिंड्दा के बाधा हुन्थ्यो र

हर पल यादमा तिम्रो सधैं रम्ने गर्छु
तिम्रै साथको खोजी हर दिन गर्ने गर्छु
आज (बिरानो)४ भयो

जहाँ तिमी छौ त्यहीं मेरो साथ छ
मेरा हरेक कदममा सधैँ तिम्रो छायाँ छ
आज (बिरानो)४ भयो

यात्रा थिएन एउटै भने किन नजिकियौँ
एक-अर्काको स्वार्थले आज आफैं रित्तियौँ
आज (बिरानो)४ भयो

-समय
रचनाकाल:२०६७/०२/२५

©Copyright protected by Samaya समय, 2010.

मुटु साटुँ म कसरी

नाता गाँसुँ म कसरी
बाचा बाँधुँ म कसरी
तिमीले आफ्नो नठानेपछि
मुटु साटुँ म कसरी

तिमीसँगै जीवनको यात्रा साँचेकी थिएँ
तिम्रै माया यो मनमा पाली बाँचेकी थिएँ
तिमीले आफ्नो नठानेपछि
मुटु साटुँ म कसरी

दुनियाँ हँसाउनुपर्ने कस्तो तिम्रो माया
आफ्नै होइन जस्तो लाग्छ मलाई मेरै छायाँ
तिमीले आफ्नो नठानेपछि
मुटु साटुँ म कसरी

-समय

रचनाकाल:२०६७/०२/२५

©Copyright protected by Samaya समय, 2010.