संसारका सबै मान्छे स्वार्थी हुन्छन् तिमीजस्तै

संसारका सबै मान्छे स्वार्थी हुन्छन् तिमीजस्तै
माया गर्नेका रोजाई पनि माथि हुन्छन् तिमीजस्तै
हातै भरि माया दिंदा दोबाटोमै पोखिदियौ
सुन जोख्ने तराजुमा मेरो मन जोखिदियौ
यात्रा सगैं गरौँ भन्दा सगँसगैँ बाँचौं भन्दा
मुटु मेरो छेड्ने गरि तीखो भाला रोपिदियौ
अब तिमी हुनु भन्दा नभएकै जाती लाग्छ
आफ्नो मन खुशी हुँदा त्यसै पनि जाती लाग्छ
एक्लै बस्ने नीधो भयो स्वार्थीलाई पन्छाएर
जीवन काट्ने एक्लैले हो आफ्नै खुशी माथि लाग्छ
-समय
रचनाकाल:२०६७/०४/०५
©Copyright protected by Samaya समय, 2010.

कति कुरा लुकाएको राम्रो

कति कुरा लुकाएको राम्रो, कति कुरा फुकाएको राम्रो
मनभित्रै पालेपछि, छुट्ने छैन यो साथ हाम्रो
आफुलाई एक्लो बनाई, धेरै मन खुशी बनाइयो
अरुसगैं रम्दै जाँदा, आफैंलाई दु:खी बनाइयो
अब यहाँ जतिसुकै बाधा परुन्, दुख्ने छैन मन
संसारमै सबैभन्दा ठूलो रै’छ, माया पाल्ने मन
-समय
रचनाकाल:२०६७/०३/२३
Copyright Protected By: Samaya समय , 2010.