म तिम्रो प्रिय पनि बन्न सकिनँ!

म त्यति सक्रिय पनि बन्न सकिनँ!
म त्यति निष्क्रिय पनि बन्न सकिनँ!
मेरो मायामा कमी आउन थालेपछि,
म तिम्रो प्रिय पनि बन्न सकिनँ!
तनावमा बस्न चाहेकै होइन कसैले पनि
तर पनि अतीतका सम्झनाले पुर्‍याउँछ त्यहीं
जति मेरो हृदय जलेको छ जलेन त्यति केही
तर पनि तिम्रै झझल्कोले डोर्‍याउँछ त्यहीं
खुशी र उमंगको सागर सुकेर त्यसै खेर गयो
तर पनि मायालाई बिर्सिन सकिएन कसै गरी
माया र घृणा एक भयो तिम्रो मनको तराजुमा
तर पनि कुनै खेद छैन जिउने छु म यसै गरी
-समय
रचनाकाल:२०६७/०६/१०
©Copyright protected by Samaya समय, 2010.

किन सोच्छु म तिम्रै बारेमा

बोल्न खोज्दा म बोल्न सक्दिन
मनका कुरा म खोल्न सक्दिन
किन सोच्छु म तिम्रै बारेमा
खुशी बाँड्ने रहर धेरै धेरै छ
कल्पनामा तिम्रो डुब्नु धेरै छ
तर मौका मिल्दै मिल्दैन
किन सोच्छु म तिम्रै बारेमा
मुस्कानमा तिम्रो सधैं हराउँछु
फर्की हेर्दा आफु एक्लै पाउँछु
तर यो मन मान्दै मान्दैन
किन सोच्छु म तिम्रै बारेमा
-समय
रचनाकाल:२०६५ / ११ / १४
©Copyright protected by Samaya समय, 2010.