फर्कि हेर्दा मन दुख्छ …

मैले पनि सम्झेकै हो, तिम्ले पनि सम्झेकै हो
पुराना ती गल्तीहरु, सम्झौताका पलहरु
सोचेभन्दा पर भए, हाम्रा मीठा बातहरु

हातैमा नाम लेखि बस्यौं, साथैमा स्वप्न देखि बस्यौं
खुशीलाई एउटै मान्न खोज्यौं, कसरी मायाभित्रै फस्यौं

फर्कि हेर्दा मन दुख्छ, पीडा जति भित्रै लुक्छ

आज कसरी भूल्यौ पुराना दिनलाई
किन मोडेर गयौ यात्राका बाटोलाई
मेरो मायामा कुनै कमी पो भो कि
तिम्ले चाहेका कुरा अन्तै पुग्यो कि

फेरिएका छन् सबै खुशीहरु, च्यातिएका छन् सबै पत्रहरु

- समय
रचनाकाल:२०६७/०६/२०
©Copyright protected by Samaya समय, 2010.