तिम्रो त्यो मुस्कानले

नशामा डुब्न खोज्दैछु
मायामा तिम्लाई रोज्दैछु
किन हो यस्तो हुँदैछ
मायाले तिम्रो छुँदैछ

कस्तो होला तिम्रो मेरो सम्बन्ध
सोच्यौ कि त तिम्ले पनि यसरी

त्यसै नै बित्ने पो हो कि
तिम्ले नै जित्ने पो हो कि
सजिलै माया बस्यो है
मनैमा बस्ने पो हो कि

तिमी आउने बाटो हेरी
दिन रात त्यसै बित्यो

दुई दिने माया, पानीमा छायाँ
पत्यारै नलाग्ने पो हो कि
टाढिन खोज्ने पो हो कि

मेरो खुशी सबै तिमी, आफैंले रोजेको
यो मनमा बासै बस तिमी, यो घर तिम्रै हो

सरर सरर हावा है चल्यो
तिम्रो त्यो केशमा मन यो सर्‍यो
सिमसिमे सिमसिमे पानी है पर्‍यो
तिम्रो त्यो मुस्कानले गर्नु नै गर्‍यो

-समय
रचनाकाल:२०६७/०७/२८
©Copyright protected by Samaya समय, 2010.

तिमीलाई यसै गरी

सम्झेर बस्न मन लाग्छ
कल्पेर बस्न मन लाग्छ
तिमीलाई यसै गरी

यो हाम्रो मायाको कुरा
यसरी नै अल्झिराख्यो
तीता-मीठा पलहरु
यसरी नै बल्झिरह्यो
तर तिम्रो संकेतै छैन

अचानकै माया बस्यो
खुशी भयौ तिमी पनि
के देख्यौ र आज फेरि
टाढा भयौ तिमी पनि
तर तिम्रो संकेतै छैन

 

-समय
रचनाकाल:२०६७/०७/१५
©Copyright protected by Samaya समय, 2010.