जुनेली रातमा

सुस्तरी आउँदा तिमी
सबैले डाहा गर्छन्
आज फेरि
जुनेली रातमा

मेरो मुटुको माझ
तिमीलाई राखिसकें
हरपलको साथी तिमी
भनेर रोजिसकें

अरुले हेर्दा पनि
अनेक कथा बुन्छन्
भन्छ्यौ तिमीले केही
अरुले अर्कै सुन्छन्

हातमा हात राखि
दुई मनको माया साट्दा
भेट्न नि डर लाग्छ
अरुले कुरा काट्दा

-समय
रचनाकाल: २०६७/०९/०६
© Copyright Protected By:Samaya समय, 2010
Advertisements

म त एउटा कठपुतली तिम्रा लागि

फुलेका फूलहरु सबै तिम्रा लागि

भएका भूलहरु सबै तिम्रा लागि
म त एउटा कठपुतली तिम्रा लागि

सपनीमा सताउने तिम्रो याद कस्तो
विपनीमा झुक्याउने तिम्रो साथ कस्तो
आजकल त जताततै देख्छु तिम्रै छायाँ
यस्तो मनलाई लठ्याउने तिम्रो बात कस्तो

हुन्छ्यौ साथमा साथ दिने मन यो कसिदिने
हरेक पलको सम्झनामा आई बसिदिने
त्यसैले त जताततै रोज्छु तिम्रै माया
खुशी सबै साँचिदिने तिम्रो जात कस्तो


-समय
रचनाकाल: २०६७/०८/२४
© Copyright Protected By:Samaya समय, 2010