पिएँ … (परिमार्जित)

पिएँ
तिमीलाई भूलेर पिएँ
जिएँ
तिमीलाई सम्झेर जिएँ

खुशी बटुल्न
सधैं सधैं
थोरै थोरै पिएँ

जिन्दगीमा तिमीलाई सबथोक दिएँ
न कुनै दिन तिमीबाट केही नै लिएँ

दु:खलाई भूल्न
सधैं सधैं
थोरै थोरै पिएँ

एक्लै एक्लै बाटो नाप्दै हिंडेको थिएँ
हत्केलामा रेखा छाप्दै हिंडेको थिएँ

सजिलै खुल्न
सधैं सधैं
थोरै थोरै पिएँ

-समय
रचनाकाल: २०६७/१०/१०
© Copyright Protected By:Samaya समय, 2011
Advertisements