माया तिमी … भन कहाँ छौ

फेरि पनि बोलाउँदैछु
तिम्रै यादमा टोलाउँदैछु
सधैं तिम्रै नाम लिन्छु
न त कोही अरु नै चिन्छु
माया तिमी ... भन कहाँ छौ

बाटो फर्कि हेर्दा
तिमीलाई नै देख्छु
होइन रहेछ

शीतको थोपा पातमा झर्दा
सधैं तिम्रै स्पर्श पाउँछु
आकाशको पानी धर्तीमा झर्दा
सधैं तिम्रै यादमा गाउँछु
माया तिमी ... भन कहाँ छौ

एकान्तमा बस्दा
तिमीलाई नै देख्छु
होइन रहेछ

-समय
रचनाकाल : २०६७ /११ / १०
© Copyright Protected By:Samaya समय, 2011

मायालाई मनमा नराख

मायालाई मनमा नराख
जिन्दगी त्यसैले लिन्छ

सधैं भरि खुलेर बाँच्नु छ
जिन्दगीमा धेरै थोक साँच्नु छ

दुई दिने चोला
भेट न होला
हाँसीदिंदा के नै जान्छ र

हातको माया
पातैमा जाला
गाँसिदिंदा के नै जान्छ र

सरर सरर पानी पर्छ
तिम्रो त्यो ओठले मुस्कान छर्छ

हाँसीदिंदा के नै जान्छ र
खुशी बाँड्दा बढेर जान्छ

साँचेर नराख
यो जीवन खेर नफाल

-समय
रचनाकाल : २०६७ /११ / १०
© Copyright Protected By:Samaya समय, 2011