थाहै नपाई माया बसेछ

थाहै नपाई माया बसेछ
थाहै नपाई जीवन फसेछ

तिम्रो मुहारले
मोहनी लगायो, पागल बनायो

कहिलेकाहीं यो मन तिमीलाई नै खोज्छ
जति भूलूँ भन्छु तिमीलाई नै रोज्छ
तिमी भने खै तर्किन खोज्छ्यौ
बोलाउँदा मैले झर्किन खोज्छ्यौ

किन हुन्छ यस्तो सोच्छ मेरो मनले
पाए हुन्थ्यो तिम्लाई भन्छ यो जीवनले

-समय
रचनाकाल: २०६७/११/२२
©Copyright protected by Samaya समय, 2011.

सकिन मैले अब

जानु छ टाढा
तर जाउँ कसरी
बाटो नै देखिन मैले अब

गाउनु छ धेरै
तर गाउँ कसरी
सकिन मैले अब

खोजी हिंड्छु
आफ्नो अस्तित्व

किन होला
सकिन मैले भेट्न

-समय
रचनाकाल: २०६७/११/२२
©Copyright protected by Samaya समय, 2011.