उनी नजिक नहुँदा

फर्किन नि सकिन
तर्किन नि सकिन
उनी नजिक नहुँदा
वर्षिन नि सकिन

नजिकिनु टाढा हुनु संयोग जस्तै भयो
बिर्सिएर पुराना पल भागौं कि जस्तै भयो

रम्दै होलिन् उनी कतै एक्लिए जस्तै भयो
फेरि किन सम्झनामा अल्झिए जस्तै भयो

-समय
रचनाकाल:२०६८/०१/१४
©Copyright protected by Samaya समय, 2011.

म त दुनियाँलाई पागल गराउन जन्मेको मान्छे

म रुवाउन हैन साथी हँसाउन जन्मेको मान्छे
तिमीलाई यो मनमा सजाउन जन्मेको मान्छे

भेट्थ्यौ होला तिम्ले मलाई यतै कतै हराउँदा
म त तिम्रै मुटुभित्र हराउन जन्मेको मान्छे

दुनियाँले पागल भन्छ शंकै छैन त्यसमा मलाई
म त दुनियाँलाई पागल गराउन जन्मेको मान्छे

-समय
रचनाकाल: २०६८/०१/११
©Copyright protected by Samaya समय, 2011.

रिसायो मेरो मनमान्छे

वनमान्छे रिसाउँदा वनै सखाप पार्छ
मनमान्छे रिसाउँदा मनै सखाप पार्छ
रिसायो मेरो मनमान्छे

सजिलो त कहाँ छ र दुनियाँ नि सोचे जस्तो
उसले बोल्दा किन लाग्छ तीखै तिरले घोचे जस्तो

बोल्दा मैले उसको सामु बोली मेरो हुन्छ सस्तो
आफ्ना मान्छे बिर्सिएर अन्तै रम्ने चलन कस्तो

-समय
रचनाकाल: २०६८/०१/११
©Copyright protected by Samaya समय, 2011.