मै माथि … (गीत)

मेरा मान्छेहरु हाँस्छन् मै माथि ।
ताल पर्‍यो भने नाच्छन् मै माथि ।।

भित्ता हो यो त्यसै बोल्न सक्दैन भन्छन्,
किला ठोकी ठोकी के-के टाँस्छन् मै माथि ।

अन्तै लगेर भाँच्न किन सक्दैनन् कुन्नि,
आफ्नो रिसको लौरो पनि भाच्छन् मै माथि ।

-समय
रचनाकाल : २०६८/०४/१०
©Copyright protected by Samaya समय, 2011.

रहर कति !

बाटिएको चुल्ठो कस्ने रिवन बन्ने रहर कति ।
साटिएको माया बाँच्ने जिवन बन्ने रहर कति ।।

फर्कि हेर्दा अतीतलाई डुलिएछ त्यतै कतै ।
सम्झनाले फर्काई लाने रिवन गन्ने प्रहर कति ।।

भेटिंदैनन् यहाँ कोही सत्य जीवन बाँच्नेहरु ।
सत्यतालाई कुल्चिएर जिवन बन्ने शहर कति ।।

-समय
रचनाकाल: २०६८/०३/२५
©Copyright protected by Samaya समय, 2011.