‘ग्वाम्म’ तिम्ले अंगाल्दा हुन्थें त्यसै हुरुक्क ॥

जब हुन्थ्यौ तिमी यहाँ मन हुन्थ्यो फुरुक्क ।
सुन्दा तिम्रा घुर्की फेरि झन हुन्थ्यो लुरुक्क ॥

नचाहनु बेग्लै कुरा, चाहनु झन अर्कै कुरा ।
तिम्रा चाह सुन्दा फेरि मन हुन्थ्यो बुरुक्क ॥

त्यसै पनि तिम्रै दासी बन्छु भन्छ सधैंभरि ।
तिम्रा बातका हरेक पल झन हुन्थ्यो जुरुक्क ॥

भन्थ्यौ तिम्ले यसलाई सधैं जे नै भने पनि ।
यसको जवाफ एउटै हुन्छ सधैं चुम्थ्यो खुरुक्क ॥

यहाँ बादलै गर्जे पनि भारी वर्षा भए पनि ।
त्यो भन्दा भारी लाग्थ्यो झरेका आँसु तुरुक्क ॥

सास उड्न पनि खासै समय लाग्दैन शायद ।
‘ग्वाम्म’ तिम्ले अंगाल्दा हुन्थें त्यसै हुरुक्क ॥

-समय
18 मार्च, 2012
चण्डीगढ, पंजाब, भारत ।

©Copyright protected by Samaya समय, 2012.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s