साबुनका फोका र साना नानीहरु

बाटोमा हिंड्नुपर्छ,
बाटोको सिमाना जति छ त्यति नै हो बाटो ।
त्यसो भन्दैमा बाटोमा खेल्नै नपाईने,
त्यस्तो पनि हुन्छ कतै !

खेल्ने हो ।
जसले जे भन्छ, भनिराखोस् !
कहिले साथी हुन्छन्, कहिले एक्लै ।
केही पाईएन भने खेल्न त पाईन्छ नि !

गाडि आउँछ रे,
मान्छे हिंड्छन् रे,
साना मान्छे लडिन्छ रे,
अचम्म लाग्छ !

आज साथीहरु मिलेर
साबुनका फोका उडाउँदै खेल्दा
कम्ती मज्जा आएन ।

तर आजै
आफ्नै बा जाँडले हल्लिँदै-हल्लिँदै
त्यही ठाउँमा बजारिँदा
कम्ती खल्लो लागेन ।

बाले मलाई
नसमातेको भए त हुन्थ्यो नि,
कमसेकम बा पछारिँदा
मैले त लछारिनु पर्थेन !
दिउँसो त्यही सडकको किनारामा
साबुनका फोका उडाउँदै
निकै रमाईरहेको मेरो मन
एक्कासी
त्यही सडकमै
बजारिँदा,
पछारिँदा,
लछारिँदा लागेका कुरा सम्झेको मात्रै हो ।
दिमाग कलिलै छ,
बच्चाको जस्तो ।
आखिर म पनि बच्चै त हो नि !
हैन र !

– समय
रचनाकाल : २०६९/०५/१०
©Copyright protected by Samaya समय, 2012.

Advertisements

मेरा साथीहरु !

मेरा साथीहरु !

कोही बकम्फुसे गफ ठोकुवा भएछन्,
कोही लगातार जाँड धोकुवा भएछन् !

फेरि पनि भन्दैछु … … मेरा साथीहरु, महानताको पर्याय बोकुवा भएछन् !

मेरा साथीहरु !

… … अनि धन्य म !

 

– समय

रचनाकाल : २०६९ / ०३ / ०८
©Copyright protected by Samaya समय, 2012.