हाँस्दै खेल्दै (गजल)

बित्छ जुनी अघिपछि सबै कुरा झेल्दै ।
धुल्याउँछ यो जिन्दगीले जाँतोले झैं पेल्दै ।।

त्यसै कसले पाउँछ यहाँ सोचे जस्तै सबै ।
सबै थोकले अल्झाईदिन्छ चारै तिर जेल्दै ।।

हुन सक्छ कहीं, तर देखिंदैन कतै ।
सुस्त बन्छ गति जब बढ्नु पर्छ ठेल्दै ।।

मरि लानु केही छैन, जानु पर्छ रित्तै ।
होश राखौं, जिउनु पर्छ सधैं हाँस्दै खेल्दै ।।

-समय
रचनाकाल : २०६९/०७/०६
©Copyright protected by Samaya समय, 2012.