तिमी नै हौ जिन्दगानी … (गजल)

जानु छैन कहीं पनि, आउँदै छु म तिमी भनी ।
माया मेरो तिमी नै हौ, तिमी नै हौ जिन्दगानी ।।

किन होला आजभोलि, लाग्दैन मन कतै पनि ।
घाम-पानी सबै तिमी, तिमी नै हौ जिन्दगानी ।।

छाउँछौ तिमी जताततै, बाटैभरि फूल बनी ।
दु:ख-सुख बराबरी, तिमी नै हौ जिन्दगानी ।।

पवित्र छ तिम्रो माया, छैन छल कतै पनि ।
निसङ्कोच भन्छु म त, तिमी नै हौ जिन्दगानी ।।

-समय
रचनाकाल: २०६९/१२/०५
©Copyright protected by Samaya समय, 2013.