बिडम्बना … (गीत)

साथ पाउन नसकिने भो
यो मन त्यसै बहकिने भो

आँखाभरिको आँसुमा तिमी
मुटुभरिको यादमा तिमी
सपनाभित्र खोजिरहन्छु म
भेटिएन खोजेरै पनि
पाईएन रोजेरै पनि

साँस फेर्न गाह्रो हुन्छ तिमीलाई सम्झेपछि
मुटुभित्र राँको बल्छ पुरानो घाउ बल्झेपछि

आँखाभरिको आँसुमा तिमी
मुटुभरिको यादमा तिमी
सपनाभित्र खोजिरहन्छु म
भेटिएन खोजेरै पनि
पाईएन रोजेरै पनि

पलपलमा मेटिंदैछन् हत्केलाका रेखा पनि
कस्तो बेला लेखिएछन् जिन्दगीको लेखा पनि

आँखाभरिको आँसुमा तिमी
मुटुभरिको यादमा तिमी
सपनाभित्र खोजिरहन्छु म
भेटिएन खोजेरै पनि
पाईएन रोजेरै पनि

-मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०३/०९
©Copyright protected by Samaya समय, 2013.