तिमीसँग हारे पछि (गजल)

जित्ने रहर बढ्न थाल्यो तिमीसँग हारे पछि
मात्ने जहर चढ्न थाल्यो तिमीसँग हारे पछि

नजानिंदो नशा जस्तो आफैंलाई अल्मल्याउँदै
कसो-कसो गढ्न थाल्यो तिम्ले त्यस्तै पारे पछि

उकाली र ओह्रालीमा अनगिन्ती हिंडीसक्दा
माया त्यसै बढ्न थाल्यो तिम्ले त्यसै झारे पछि

पर-पर हुन्थें होला प्यास भित्र-भित्रै लुकाई
नजिकिन करै लाग्यो तिम्ले नजिक सारे पछि

शब्द रचना : मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०५/२६
©Copyright protected by Samaya समय, 2013.

Advertisements

वर्तमान … (गीत)

के भयो होला … (गीत)
a तिमी न कहिले उदायौ न अस्तायौ
तिमी न कहिले टाढियौ न नजिकियौ
केवल रही मात्र रह्यौ
केवल अडि मात्र रह्यौ

असफलतामा नआँत्त तिमी
धैर्यको बाँधलाई नटुटाउँ हामी
एक दिन लाग्नेछ घाम बादललाई छेड्दै
एक दिन आउनेछ भाग्य रेखालाई मेट्दै
तिमी न कहिले उदायौ न अस्तायौ ….

हुन सक्छ केही राख्न सके विश्वास
बुझ्न सक्छौ तिमी बन्नु हुन्न निराश
एक दिन जाग्नेछ दिन उज्यालोलाई भेट्दै
एक दिन खुल्नेछ बाटो खुशीहरु छर्दै
तिमी न कहिले उदायौ न अस्तायौ …

शब्द रचना : मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०५/२३
©Copyright protected by Samaya समय, 2013.

के भयो होला … (गीत)

तिमीलाई भन्छु मेरो एउटा कुरा
रातभरी जागीरहन्छु के भयो होला
तिमीलाई सोध्छु आज एउटा कुरा
तारा गन्दै सोची बस्छु के भयो होला

सम्झिन्छु एक्लै बस्दा तिम्रै मात्र कुरा
देखिंदैनौ तिमी कतै के भयो होला

एउटै साथ मात्र किन रोज्छु होला
दुनियाँ नि टाढा लाग्छ के भयो होला
घरी तिम्रै मात्र किन खेल्छ कुरा
अल्झीर’न्छु तिमी भित्रै के भयो होला

चिसो हावाले पनि छुन्छ किन मलाई
एक्लो जुनले सोध्छ के भयो होला

शब्द रचना : मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०५/२३
©Copyright protected by Samaya समय, 2013.