देश (गजल)

हुन्न रै’छ सोचे जस्तो, एक्लै-एक्लै भने पछि ।
भुवाले नि घोच्ने रै’छ, आफ्नै खुशी गने पछि ।।

दुख्दोरै’छ छातीभित्र, विदेशमा महल बन्दा ।
पोल्दोरै’छ मुटुभित्र, बाहिरिन्छु भने पछि ।।

चिन्ता लाग्छ सधैंभरि, सम्झिएर आफ्नै माटो ।
डाम्दोरै’छ मनैभरि, मनमनै गमे पछि ।।

जुट्नुपर्छ सबै अब, देशलाई सम्झिएर ।
असीमित सागर बन्छ, थोपा थोपा जमे पछि ।।

लिनुपर्छ एउटै कुरा मनभित्र सधैंभरि ।
हामी पनि उच्च बन्छौं, देश उच्च बने पछि ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/१६
©Copyright protected by Samaya समय, 2013.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s