एउटै विश्वास, हाम्रो नेपाल …(गीत)

भन्छ कसले तेरो-मेरो
एउटै साझा सेरोफेरो
शान्तिका दूत गौतम बुद्ध
भन्छन् सबलाई सोच्न शुद्ध
तिम्रो, मेरो, हामी सबको
एउटै विश्वास, हाम्रो नेपाल

हिमालदेखि तराईसम्म
मेचीदेखि कालीसम्म
बुझ्नुपर्छ एउटै धर्म
शुद्ध मन, वचन र कर्म

संसारलाई जित्ने गाथा
नबनोस् है सस्तो कथा
देश रुँदा सबै रुने
हुनुपर्छ हाम्रो व्यथा

हाँस्न खोज्ने ओठलाई
भर्नुपर्छ मुस्कानले
आँसु बग्ने आँखालाई
पुछ्नुपर्छ विश्वासले

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/११
©Copyright protected by Samaya समय, 2014.

छैन क्यै चिन्ता …(गीत)

छ कति रमाईलो आज
साथी र संगीको माझ
नाच्दै र गाउँदै यो साथ
मिलाउँदै हातमा हात
मन रम्दैछ
साथ जम्दैछ
छैन क्यै चिन्ता आज

यो तिमीलाई के भयो फेरि
किन यस्तो तर्किन खोज्छौ
बोलाउँदा मैले तिमीलाई
किन यस्तो झर्किन खोज्छौ
मेरो मनलाई बुझन
राम्रा कुरा सोचन

रिसाएर जानुहुन्न
नजिकिंदा
छैन क्यै चिन्ता आज

जसोतसो बसेको माया
बन्नुहुन्न घाम र छायाँ
एक भई मिलेरे वढौं
सोच्नुहुन्न दायाँ र बायाँ

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/१७
©Copyright protected by Samaya समय, 2014.

किन यस्तो हुन्छ मलाई …(गीत)

सोची बस्छु सधैं एक्लै
किन चल्छ संसार यसै
बहकिन्छु सुवाससगैं
मुस्कुराउँछ फूल जसै
किन यस्तो हुन्छ मलाई
केले केले छुन्छ मलाई

जित्ने रहर पाल्दिन म
राम्रा विचार फाल्दिन म
बिर्सिदिन्छु आफु त्यसै
मनभित्रको रहरसगैं

खुशीहरु लहराउँछन्
बतासको लहरसगैं
उचालिन्छु आफु त्यसै
मनभित्रको रहरसगैं

बटुवाले बोलाउँछ
चरी पनि लोलाउँछ
सबै हेर्दै हिंड्दा मन
त्यसै-त्यसै टोलाउँछ

घम-पानी चिसो-तातो
केही होइन जस्तो लाग्छ
तन उड्छ शंगा जस्तै
केही हल्का-हल्का लाग्छ

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/१०
©Copyright protected by Samaya समय, 2014.

एक एकान एक …(गीत)

एक एकान एक हुँदा दुई दुना चार
बोलीले मन छुँदा मिल्छ विचार

दुई दुना चार जस्तै चार चौका सोह्र
सम्बन्ध बढ्दा यस्तै हुन्छ पीडा कोरा

गर्नुपर्छ सबै कुरा सोह्र वर्षे उमेरमै
बगेको खोला र घुमेको घडिले पर्खिंदैन
गल्ती हुन्छ बारम्बार सिकारु नै रहँदामा
चाहे जस्तो बन्न सक्छ पिरतीले सताउँदामा

आज जस्तो हुन्न भोलि, न हुन्छ पर्सि जस्तो भोलि
एकाकार हुनुपर्छ र बन्छ एकाकार बोली
माया-प्रिती लाउनुपर्छ दिल-चित्त खोली
पिरतीले भर्न सक्छ दुवै मनको झोली

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/०६
©Copyright protected by Samaya समय, 2014.

खुल्दुली …(गीत)

केटा: रिसले हो कि, लाजले हो कि, अगाडि पर्न खोजिनौ
लजालु हेराई, मीठो मुस्कान तिम्रो, साथ यो किन रोजिनौ
खुल्दुली हुन्छ मेरो मनभित्र
तरंग नयाँ उठ्छ तनभित्र

केटी: टाढियौ तिमी, आएनौ नजिक, कसरी बुझ्न सकुँ म
मुहार हँसिलो, बोली रसिलो, के गरी चिन्न सकुँ म
खुल्दुली हुन्छ मेरो मनभित्र
तरंग नयाँ उठ्छ तनभित्र

केटा: सोचेको पुग्छ भनेर सधैं कति दिन काटें मैले
मायैले छोप्छ जिन्दगी भनी साथ यो साटें तिमीसगैं
केटी: सपना नयाँ बुनेर सधैं खुशीकै बाटो खोजें मैले
साथ यो जम्छ सजिलै भनी तिमीलाई आफ्नो रोजें मैले

केटा: मिलेमा सोच तिम्रो र मेरो बस्छ कि नयाँ संसार हाम्रो
बुझेरै होला आँखाको भाषा बन्छ कि एउटै विचार हाम्रो
केटी: लेखेको मात्र पाईन्छ भन्थे लेखेकै होला साथ हाम्रो
चाहेकै मान्छे कताबाट आयौ छुट्दैन अब हात हाम्रो

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१२/०४
©Copyright protected by Samaya समय, 2014.

के भयो …(गजल)

जित्ने आँखा अर्कैको भई गयो ।
प्रष्ट नजर तानेर के भयो ।।

एउटै मन नसकेर चिन्न ।
सबको विचार जानेर के भयो ।।

मनको बसाई एकाकार छैन ।
जित्छु संसार, ठानेर के भयो ।।

आफैं मात्र घोत्लिंदै बसेर ।
उच्च विचार मानेर के भयो ।।

परिवर्तन कसैमा हुँदैन ।
नौलो आचार हानेर के भयो ।।

एक्लै-एक्लै अल्झिंदै बसेर ।
सोच हजार बानेर के भयो ।।

चाहे जस्तो हुँदैन केही नै ।
घुम्दै बजार छानेर के भयो ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/३०
©Copyright protected by Samaya समय, 2014.

मान्छे हुँ, के लाग्छ …(गीत)

नसोचेकै हुन्छ किन
कुनै मोडमा भेट्दा
भेटेपछि फेरि
दुख्छ मन किन

भत्किंदो पो रै’छ बाटो
बन्छ भनी सोचे’थें मैले
खुशी बोक्छु एक्लै-एक्लै रमाएर
मान्छे हुँ, के लाग्छ

मोडिंदो पो रै’छ नाता
बढ्छ अघि ठान्’थें मैले
आँसु र्प्क्छु एकान्तमा हराएर
मान्छे हुँ, के लाग्छ

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/१०/२५
©Copyright protected by Samaya समय, 2014.