छोड्यो रे भनेर …(गजल)

भन्नेले त भन्छन् होला निर्धक्क छोड्यो रे भनेर ।
उसलाई पनि लाग्छ होला निर्धक्क छोड्यो रे भनेर ।।

फलिफाप हुने भए बस्थ्यो नै होला ढुक्कसँग ।
नभएरै त सोचे जस्तो कुटुम्ब तोड्यो रे भनेर ।।

खल्लो लाग्छ रे आजकल उसलाई प्रत्येक गाँस ।
स्वादै मरेको जिन्दगी निर्बन्ध गोड्यो रे भनेर ।।

परिवेश बदलियो, बदलियो सबै संसार पनि ।
जानी-नजानी कसैसँग सम्बन्ध जोड्यो रे भनेर ।।

खोजेर नभेटिने खुशीको बस्ती टाढिएरै एकाएक ।
भन्दिए हुन्छ अब त गन्तव्य मोड्यो रे भनेर ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/१७
©Copyright protected by Samaya समय, 2014.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s