My Love Forever … [गीत]

केटा: मुटुभित्र बास मागें, बास मैले पाएकै छु
न्यानो-न्यानो स्पर्शसगैं कसम मैले खाएकै छु
केटी: सोचे जस्तो, रोजे जस्तो साथ मैले पाएकै छु
जुनी-जुनी नछुट्टिने चोखो प्रीत लाएकै छु

दुवै: गर्नेछु पुरा तिम्रा चाहना
पोख्नेछु मनका सबै भावना

केटा: तिमीले नि मैले जस्तै मीठो साथ सोच न
मन मुटु माया सबै एकै साथ रोज न
केटी: मेरो मनको सबै कुरा तिमीलाई नै थाहा छ
बुझ्न सक्छौ मेरो मनको भाषा तिमी बुझ न

केटा: रहँदैन खोट कुनै, हुने छैन दोष कुनै, मन मुटु मिलेमा
असजिलो नमानेर बढौं अघि सँगसँगै तिमी र म साथमा
केटी: रहँदैन खोट कुनै, हुने छैन दोष कुनै, मन मुटु मिलेमा
असजिलो नमानेर बढौं अघि सँगसँगै तिमी र म साथमा

केटा: साथ हाम्रो खुशीको, अब अघि बढ्दैछ
मनभित्र दुवैको, नशा जस्तै चढ्दैछ
केटी: साथ हाम्रो खुशीको, अब अघि बढ्दैछ
मनभित्र दुवैको, नशा जस्तै चढ्दैछ

– मनोज के.सी.”समय”
[सहलेखन: नकुल कार्की]
रचनाकाल: २०७१/०३/१४
©Copyright protected by Samaya समय, 2014.