जुनी-जुनी भरिलाई … [गीत]

जिन्दगी यो साँचेको छु मैले तिमीलाई
जिन्दगीमा रोजेको छु मैले तिमीलाई

खुशीले भरिन्छ मन,
हर्ष नै वर्षिन्छ झन्
पाउँदा तिमीलाई,
मैले तिमीलाई

मेरो माया तिमीलाई,
जुनी-जुनी भरिलाई

पलभरको हैन, साथ म दिन्छु
बाँचुञ्जेली सम्मलाई
चाहेको छैन, नराम्रो केही
साथ रहे सम्मलाई

आज त यहाँ भोलि कहाँ,
जुनीभरिलाई

मेरो माया तिमीलाई,
जुनी-जुनी भरिलाई

हो, धेरै भो पुराना कुरा,
नयाँ कुरा गर्दैछु पुरा

आज त यहाँ भोलि कहाँ,
जुनीभरिलाई

मेरो माया तिमीलाई,
जुनी-जुनी भरिलाई

रचना: मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/२०
©Copyright protected by Samaya समय, 2014.

घडि हेर्छु …(गीत)

हुन सक्छ केही यस्तो राम्रो
हाम्रो जिन्दगीको कथा
बन्न सक्छ केही यस्तो राम्रो
हाम्रो मन मिलेमा

घडि हेर्छु, घुमिरहन्छ सधैं-सधैं नै
ऐना हेर्छु, बोल्न खोज्छु आफैं-आफैं नै

बहकिन खोज्छ मन
चिसो चिसो हावामा
अल्मलिन खोज्छ झन्
तिम्रै मात्र छायाँमा

घडि हेर्छु, घुमिरहन्छ सधैं-सधैं नै
ऐना हेर्छु, बोल्न खोज्छु आफैं-आफैं नै

छुन खोज्छु तिमीलाई मैले
किन तिमी गाह्रो मान्छौ
बोल्न खोज्छु तिमीसगैं मैले
किन तिमी साह्रो मान्छौ

घडि हेर्छु, घुमिरहन्छ सधैं-सधैं नै
ऐना हेर्छु, बोल्न खोज्छु आफैं-आफैं नै

-मनोज के.सी.”समय”
रचनाकाल: २०७१-०३-२५
©Copyright protected by Samaya समय, 2014.