यसैगरी चलिरहोस् हाम्रो जिन्दगानी

तिम्रो लागि मायाको चिनो
मेरो प्रेमको एउटा निशानी
यसैगरी चलिरहोस् हाम्रो जिन्दगानी

संसारमा धेरै नै भीड् छ मान्छेहरूको
पाइन्न खोजेर साथी तिमी जस्तो
भन्नै सकिन्न लाग्छ तिम्रो माया कति
तिम्रो मनले पनि खोज्छ शायद माया मेरै जस्तो

यात्रा गर्ने रहर अनेक छन् भर पर्छु तिम्रो
चोखो माया भेटिन्न खोजे पनि यस्तो
हुन्न कोही माया साट्ने यहाँ हामीजस्तो
सहयात्रा गर्ने सौभाग्य मिलेको छ साथमा तिम्रो

-समय
रचनाकाल:२०६६/०८/१८

©Copyright protected by Samaya समय, 2010.

One thought on “यसैगरी चलिरहोस् हाम्रो जिन्दगानी

Leave a reply to Nirose Cancel reply