… पाए हुन्थ्यो (गीत)

छुटेको साथ फेरि जोड्न पाए हुन्थ्यो ।
यात्रा यो नयाँ कतै मोड्न पाए हुन्थ्यो ।।

यादमा रम्न हुन्छ किन गाह्रो अचेल ।
यसलाई कतै लगि छोड्न पाए हुन्थ्यो ।।

अप्ठ्यारा नि कति आउन सकेका खै ।
पन्छाएर सहजप्याला फोड्न पाए हुन्थ्यो ।।

नियम सम्झ्यो लाग्दैन कतै मिले जस्तो ।
दिल खोलेर नियमलाई तोड्न पाए हुन्थ्यो ।।

सुख्खै लाग्छन् जताततै छैन कुनै मेलो ।
खुशीको मुल फुटाई मन जोड्न पाए हुन्थ्यो ।। 

- समय
रचनाकाल: २०६८/०४/१६
©Copyright protected by Samaya समय, 2011.